जबरजस्ती बलात्कारपछि हत्या र अपरहणपछि बेपत्ता पारेकाे अभियाेगमा पक्राउ परेका वडाअध्यक्ष जेल चलान

जबरजस्ती बलात्कारपछि हत्या र अपरहणपछि बेपत्ता पारेकाे अभियाेगमा पक्राउ परेका वडाअध्यक्ष जेल चलान

535

 

सप्तरी जिल्ला अदालतको आदेशले वडाध्यक्ष साह र शिक्षक राजनारयण साह जेल चलान भएका  हुन् । न्यायाधीश दीपक धितालको आजको इजलासले दुबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे ।

साह उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नवनिर्वाचित वडाध्यक्ष साह मंसिर २० मा शपथ लिनुअघि  पक्राउ परेका थिए ।

नवनिर्वाचित वडाध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेकोसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेको छ ।

सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप वडाध्यक्ष साहसहितका समूहमाथि लागेको छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका १३ वर्षका भाइ नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

२०७९ फागुनमा डाक्नेश्वरी नगरपालिका- १ माधोपुर टोलस्थित आँपको बगैंचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता पारिएको थियो । अहिलेसम्म पनि नितिश बेपत्ता  नै छन् ।

 

तपाईको बिचार