काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ । आइतवार देखी सुरू भएको केन्द्रीय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन ।
हाल खाजाका लागि स्थगित भएको बैठकमा अब स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथी टिप्पणी गर्नका लागि एमालेले ३- ३ मिनेटको समय छुटाएको छ ।
तपाईको बिचार