काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्दो क्रममा रहेको जनाएको छ । आइतबारको तुलनामा सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको छ ।
सोही समयमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस थियो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाले आज बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम ३.७ डिग्री सेल्सियस छ ।
महाशाखाका अनुसार डडेलधुराको न्यूनतम तापक्रम ५.२, ताप्लेजुङको ५.६, वीरेन्द्रनगरको ७.०, ओखलढुंगाको ७.२, पोखराको ७.८, धनकुटाको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस मापन गरिएको छ ।
तपाईको बिचार