रावलमाथिको कारबाहीले एमालेभित्र सन्नटा, बाहिर चर्को होहल्ला

रावलमाथिको कारबाहीले एमालेभित्र सन्नटा, बाहिर चर्को होहल्ला

719

काठमाडौं । एमालेका नेता भीम रावललाई बुधबार एमालेले पार्टी सदस्यता नरहने गरी निष्कासन गरेपछि यस बिषयमा एमालेमा सन्नटा छाएको छ । अनुशासन सबैले पालना गर्नुपर्ने रहेछ भन्दै केही बाउठिनेहरु समेत यसबेला मौन भएका छन् । एमाले पङित भित्र यसको समर्थन देखिएको छ। यस अघिका यस्ता कारबाहीमा समेत ताली बजाएर समर्थन गर्ने परम्परा थिएन ।

रावलको कारबाहीलाई लिएर एमाले बाहिर भने ठुलो होहल्ला र चिन्ता देखिन थालेको छ । मानौ उहाँ देशको नेल्सन मण्डेला नै हो । तीन बर्ष उहाँ एमालेमा निस्क्रिय बस्दा चिन्ता नगर्नेहरु यसबेला रावल प्रति सहानुभुति देखाउन थालेका छन् । त्यो साहनुभुति कति सक्कली छ र कति नक्कली छ भन्नेमा हिजोको घटनाक्रमलाई नियाल्न जरुरी छ ।

एमालेमा रहेको बेला र एमालेको लाईनमा रहेर रावलले काम गरेको बेला उहाँलाई कहिल्यै राम्रो र असल नेता नभन्नेहरु अहिले उहाँलाई सबैभन्दा ठुलो र देशभक्तको संज्ञा दिन थालेका छन् । यो हुनु नराम्रो होइन । तर यसको पछाडि एमालेलाई निसाना लगाउन सजिलो भएको छ र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना गर्ने एउटा नक्कली भ¥याङ मिलेको धेरैले महसुस गरेका छन् । एमालेको एक नेताको टिप्पणी छ – एमालेमा रहेर काम गरुन्जेल सबैभन्दा खराब नेताका सूचीमा रहेका रावल एमालेबाट निकालिने बित्तिकै कसरी चमात्कारीक नेता बने ?
रावललाई अहिले लोकप्रिय नेताको संज्ञा दिएर एमाले बाहिर ठुलो होहल्ला मच्चउन थालिएको छ ।

एक राजनीतिक विश्लेषकका अनुुसार एमालेले आफ्नो पार्टीमाथि अनुशासनको कारबाही गर्दा पटक्कैपिच्छे यस्तो आक्रमण हुने भएकोले यसपटक रावलको बिषयलाई लिएर बाहिरी होहल्ला हुनु अस्वभाविक होइन । यसभन्दा अगाडि धेरै पटक रावलभन्दा हाइप्रोफाइलका नेताहरुपनि कारबाहीमा परेका छन् । ती कारबाही नै पिच्छे नेपथ्यबाट आउने एउटै कुरा थियो – अब एमाले पत्तासाफ हुन्छ ।

महाकाली सन्धी पारित हुँदा १८ नेताहरु संसद्मा फ्लोर क्रसको अभियोगमा कारबाहीमा परे। त्यो बेला पनि यही शब्द बजारमा चल्यो – अब एमाले पत्ता साफ भयो । २०५४ सालमा एमाले बिभाजित भयो, त्यो बेला पनि बजारमा हल्ला चल्यो – एमाले पत्ता साफ भयो । २०७८ सालमा माधव नेपालको नेतृत्वमा एमाले विभाजन गरियो , त्यो बेला पनि बजारमा यही हल्ला दोहोरियो – एमाले पत्ता साफ भयो । अहिले भीम रावलमाथिको कारबाहीलाई लिएर टिप्पणी गरिदैछ – अब एमाले पत्ता साफ हुन्छ ।

राजनीतिक विश्लेषकहरु प्रश्न गर्छन– एउटा पार्टी र नेता कति पटक पत्ता साफ हुन्छ। भीम रावललाई निकालेपछि अब एमालेको सुदुर पश्चिममा बेहाल हुन्छ भनेर टिप्पणी गर्ने गरिएको छ । २०७९ को आम निर्वाचनमा नै रावल एमालेको पक्षमा लाग्नु भएन। त्यसकारण रावलका कारण जति बेहाल भोग्नु पर्नेथियो त्यो एमालेले भोगी नै सकेको छ । त्यसैले रावलमाथिको कारवाहीमा बाहिर किन हल्ला छ भने यसलाई भ¥याङ बनाएर एमालेविरोधीहरुले मोर्चा बनाउने बिगतको जस्तै असफल प्रयास हो भन्ने सजिलै भन्न सकिन्छ ।

तपाईको बिचार

सम्बन्धित खबर