काठमाण्डौं । नेपाली राइड सेयरिङ एप (आयो युजर) कम्पनीले सूचना प्रविधि (आइटी) क्षेत्रमा भविश्य खोज्दै लगानी भित्र्याउने तयारी गरेको छ ।
भरोसा नेटवर्क प्रालिद्धारा सञ्चालित नेपाली राइड सेयरिङ आयोयुजर मार्फत नेपालीलाई नै रोजगारी र सेवा उपलब्ध गराउँदै आएको उक्त कम्पनीले अमेरिकी एक कम्पनीमार्फत पुँजीवादी उद्यम अन्तर्गत ४ मिलियन अमेरिकी डलर लगानी गर्न लागेको दावी गरेको हो ।
‘सूचना प्रविधि (आइटी) को क्षेत्रमा धेरै सफ्वेयरहरु बजारमा आइरहेका छन् । यही क्रममा हामीले पनि आइटी क्षेत्रमै सेवा सुरु गरेका हौं’, भरोसा नेटवर्क प्रालिका एक सञ्चालक भुलन लाखेले भने- ‘नेपालमा मेहनत गर्दा आइटी क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने सोचका साथ लगानी गरेको थियौं, अहिले प्रतिफल प्राप्त हुन थालेको छ ।’
सन २०१८ देखि सुरु गरेको यो कम्पनीले राइड सेयरिङ आयोयुजर एप सञ्चालनमा ल्याएको साढे चार वर्ष भएको छ । यसबीचमा धेरै समस्याहरु आएपनि अहिले आएर भरोसा नेटवर्क प्रालिमार्फत सञ्चालन भइरहेको कम्पनी आयोयुजरलाई अमेरिकी एक कम्पनीले पुँजीवादी उद्यम अन्तर्गत करिव चार मिलियन अमेरिकी डलर लगानी गर्न लागेको लाखेले दावी गरे । उक्त लगानीका सन्दर्भमा शैद्दान्तिक सहमति भइसकेको र केही समयमै सम्झौता हुने उनको विश्वास छ ।
‘उक्त लगानीलाई राइडरहरुको जीवनस्तर उकास्ने प्रयोजनका लागी र उनिहरुलाई थप सुविधा के कसरी दिन सकिन्छ, त्यसमा खर्च गर्नेगरी छलफल अघि बढाएका छौं’, लाखेले भने । साथै आफ्नै सफ्टवेरलाई थप प्रभावकारी बनाउदै ग्रहकलाई सरल र सुलभ रुपमा सेवा प्रवाह गर्ने सोच बनाएको कम्पनीले जनाएको छ । अरु कम्पनीहरुलाई पनि आइटी क्षेत्रमै लगानी गरेर नागरिक सेवासंगै राम्रो आम्दानीको श्रोत बनाउन सकिने भरोसा नेटवर्क प्रालिले विश्वास व्यक्त गरेको छ ।
आइटी क्षेत्रमा काम गरिरहेका सेवामुलक नेपाली कम्पनीमा विदेशी कम्पनीहरुलाई लगानी गर्ने वातावरण बनाएर रकम भित्र्याउने र देशमै रोजगारीका अवसरहरू सृजना गर्न सके दक्ष जनशक्ति विदेशिनु नपर्ने सूचनाप्रविधि क्षेत्रका विज्ञहरुले बताएका छन् ।
राइड सेयरिङमा विदेशी कम्पनीहरुको वर्चश्व रहेको र नेपाली कम्पनीहरु दिगोरूपमा सञ्चालनमा आउन चुनौति भइरहेको अवस्थामा भरोसाले नेपालीहरुकै लागी सेवा दिएर बजारमा सकारात्मक सन्देश दिन खोजेको जनाएको छ । सो एपमा अहिले करिव ३ हजार राइडर आवद्ध भएकोमा १०० राइडरहरुले नियमित सेवा दिइरहेको कम्पनीको दावी छ ।
यस कम्पनीले वेरोजगार युवा युवतिलाई सुलभ शुल्कमा दैनिक मोटसाइकल तथा स्कुटर उपलब्ध गराएर आयो राइडरमार्फत स्वरोजगार बन्न चाहानेहरुलाई सहयोग समे गर्दै आएको छ । उक्त एप एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार गर्न मोटसाइकल देखि १० चक्के ट्रक समेत उपलब्ध गराउन सक्ने नेपालकै पहिलो एप भएको कम्पनीको दावी छ ।
तपाईको बिचार