काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), गोरखा-काठमाडौँ सम्पर्क मञ्चले कास्की काठमाडौँ-सम्पर्क मञ्चका तत्कालीन अध्यक्ष लुरे केसीको स्मृतिमा “सचेत नागरिकको आह्वान रक्तदान नै जीवन दान ” नाराका साथ “बृहत् रक्तदान कार्यक्रम- २०८१” सम्पन्न गरेको छ ।
काठमाडौँको बालाजुस्थित मनमोहन मेमोरियल कलेजमा आयोजना गरिएको रक्तदान कार्यक्रममा झन्डै २५ जना रक्तदाताले रक्तदान गगरेका थिए ।
गोरखा-काठमााडैँ सम्पर्क मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको आर्थिक विभाग प्रमुख रञ्जन घिमिरेले बताए । रक्तदान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिब्युटरो सदस्य द्वय विजय गुरुङ र दिलकुमारी पन्त, केन्द्रीय सदस्य फुर्वा लामा, सम्पर्क विशेष प्रदेश कमिटिका सदस्य राजकुमार वाग्ले, जनसंगीत मञ्चका केन्द्रीय उपाध्याय रमेश कार्की, अनेरास्ववियूी केन्द्रीय कार्यालय सदस्य मेघनाथ चापागाईं, युवा सङ्घ नेपालका नेताहरू बलराम उप्रेती, गौरीशङ्कर राणा, सम्पर्क मञ्चका सल्लाहकार शालिकराम कट्टेल, गौरीदेवी थापा, गोकुल थापा, स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चका सचिव कृष्ण विश्वकर्मालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिब्युटरो सदस्य कमरेड विजय गुरुङ, युवा सङ्घ नेपालका नेता बलराम उप्रेती, गोरखा–काठमाडौँ सम्पर्क मञ्चका सल्लाहकार गोकुल थापा, गोरखा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँ, आर्थिक विभाग प्रमुख रञ्जन घिमिरे, सम्पर्क मञ्चका सदस्यहरु पुष्कर पोखरेल, विपिन ढकाल, आशीष खत्री, सामाजिक सांस्कृतिक अध्ययन मञ्चका केन्द्रीय सदस्य सुवर्ण घिमिरे कट्टेल, सचिता थापा, अंशुला जिसी, राजन जिसी, नेम्साङ तामाङ, विपिन कोइराला, भूपालबहादुर भुजेल, अनिता खड्का, सुशीला थापा, रोजन श्रेष्ठलगायतका नेता कार्यकर्ताले रक्तदान गरेका थिए ।
कास्की काठमाडौँ–सम्पर्क मञ्चका तत्कालीन अध्यक्ष लुरे केसीको स्मृतिमा सम्पन्न रक्तदान कार्यक्रमका प्रमुख अतिथिलगायत सहभागीका तर्फबाट लुरे केसीको सम्मानमा मौनधारणसहित तस्बिरमा माल्यार्पण गरी सुरु गरिएको थियो । कार्यक्रममा एकीकृत समाजवादीका पोलिब्युटरो सदस्य विजय गुरुङले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा पोलिब्युटरो सदस्य विजय गुरुङले लुरे केसी विद्रोहको नेता भएको बताउँदै आफ्नोे समकालीन नेताको बिदाइ अत्यन्तै दुःखद भएको बताए ।
गोरखा-काठमाडौँ सम्पर्क मञ्चले कास्कीका निवर्तमान दिवङ्गत नेताको स्मृतिमा समाजपयोगी कार्य गर्नु ज्यादै गौरव कुरा भएको बताउँदै अन्य सम्पर्क मञ्चहरुले गोरखा-काठमाडौँ सम्पर्क मञ्चबाट सिक्नुपर्ने बताए । पार्टी गतिशील रुपमा अघि बढिरहेको बताउँदै पार्टीले भर्खरै गरेको कार्यविभाजनमा केही असन्तुष्टी भए पनि पार्टी निर्माणमा जुटेर क्रियाशील हुनुपर्ने बताए ।
अर्का पोलिब्युटरो सदस्य दिलकुमारी पन्तले कास्की पार्टीले गतिशील, सक्रिय, न्यायमूर्तिका रुपमा रहेका अग्रज अभिभावक गुमाएको भन्दै कीर्तिशेष लुरे केसीप्रति श्रद्धाञ्जली अर्पण गरीन । उनले पार्टी निर्माणमा लुरे केसीको योगदान स्मरण गर्दै उहाँको मार्ग पछ्याउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरीन । कास्केली नेतृ दिलकुमारी पन्तले गण्डकी प्रदेशले सम्झनुपर्ने लुरे केसीलाई गोरखाले सम्झेकोमा गोरखा–काठमाडौँ सम्पर्क मञ्चलाई धन्यवाद व्यक्त गरीन । पार्टीको भर्खरैको निर्णयलाई केही तल माथि परेको भए पनि दृढतापूर्वक कार्यान्वयन गर्न र पार्टी नेतृत्वबाट थप छलफल गरी असन्तुष्टीको सम्बोधन हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण कार्यकर्तालाई पार्टी निर्माणमा थप क्रियाशील हुन निर्देशन दिईन ।
उक्त कार्यक्रममा दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँले गोरखा-काठमाडौँ सम्पर्क मञ्च आफ्नोे वार्षिक कार्ययोजनाबमोजिम दृढ भएर अघि बढिरहेको बताउँदै संगठन निर्माण र विस्तारमा सम्पर्क मञ्च कटिबद्ध भएर लागिरहने बताए । उनले पार्टी केन्द्रले गोरखा–काठमाडौँ सम्पर्क मञ्चलगायत अन्य सम्पर्क मञ्चलाई हेर्ने दृष्टिकोण सकारात्मक रहोस् भन्ने अपेक्षा रहेको बताए । गोरखा-काठमाडौँ सम्पर्क मञ्ले विद्रोहमा गतिलो साथ दिएको र यसअन्तर्गत गोलबन्द भएका अग्रज, विज्ञ, ज्येष्ठ थुप्रै नेताहरु रहेको नुर पार्टी निर्माणमा उहाँहरुको अतुलनीय सहयोग भएकाले पार्टी केन्द्रले जिम्मेवारी प्रदान गर्दा गोरखालाई विशेष ध्यान दिनेछ भनी विश्वास व्यक्त गर्दै आवश्यक सहजीकरण गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । कार्यक्रमको सहजीकरण सम्पर्क मञ्चका सचिव आकाश अर्यालले गरेका थिए ।
तपाईको बिचार