एकीकृत समाजवादीले आज केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने

एकीकृत समाजवादीले आज केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने

553

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज टुंग्याउने भएको छ । पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार आज बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्दै बैठक टुंग्याउने भएका हुन् ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट जारी बैठकमा आइतबारसम्म स्थायी कमिटी सबै सदस्यहरूले बोलिसकेका छन् । अब पार्टी अध्यक्ष र महासचिवले आफ्नो धारणा राख्ने उनले बताए । नेताहरूको विचारप्रति स्पष्टिकरण दिने र निष्कर्षमा पुग्ने काम आज हुनेछ ।

यस्तै, कणर्य विभाजनको प्रस्तावमा छलफल गरेर आज नै टुंग्यउने उनको भनाइ छ । बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयमा पनि निर्णय लिने पार्टीले जानकारी दिएको छ ।

बैठकमा पार्टीका सम्मानीत नेता झलनाथ खनालको भने उपस्थिति देखिएको छैन । चीन भ्रमणबाट मंसिर २२ गते काठमाडौं फर्किएका उनी फर्किएदेखि नै बाहिर निस्किएका छैनन् ।

पार्टीका विदेश विभाग सचिव डा।शंकर खतिवडाका अनुसार नियमित स्वास्थ्य परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार खनाल घरमै आराम गरिरहेका छन् ।

तपाईको बिचार