गुल्मीमा महिला मृत फेला

गुल्मीमा महिला मृत फेला

637

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा एक महिला मृत फेला परेकी छिन् । इस्मा –४ हुलकी ५० वर्षीया मिना दर्लामी आफ्नै घरमा रक्ताम्मे अवस्थामा मृत फेला परेको स्थानीय भोला सिह थापाले जानकारी दिए । मृतक दर्लामीको शरीरभरि चोट र रगत रहेको थापाले बताए । घरमा श्रीमान शिवबहादुर दर्लामी र मिना बस्दै आएका थिए । उनले आइतबार राति ९÷१० बजेको घटना हुनसक्ने बताए ।

घटनास्थलमा शवको अवस्था हेर्दा हत्या भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली गएको छ ।

तपाईको बिचार