माइक्रो बस दुर्घटना हुँदा दुईको मृत्यु

माइक्रो बस दुर्घटना हुँदा दुईको मृत्यु

625

दाङ । दाङमा माइक्रो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको माइक्रो आज बिहान ६ बजे दाङको लमही नगरपालिका–९ च्याउखोलास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो।

दुर्घटनामा परि कपिलवस्तुको शिवराज नगरपालिका – ३ का ४० वर्षीय पृथी थारु र ६० वर्षीया फूलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेहरु सबैको अवस्था मध्यम रहेको तथा दाङको लमही अस्पतालमा उपचार जारी छ । गाडीमा १४ जना सवार रहेको प्रहरीले जनाएको । तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार