काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । उनको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक एवम् विकास सल्लाहकार डा. युवराज खतिवडा रहेका छन् ।
त्यस्तै सांसदहरु अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, बीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला, रन्जिता श्रेष्ठ लगायत सरकारी र नीजि क्षेत्रका व्यवसायीहरु रहेका छन् ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी ८७ सदस्य टोलीको नेतृत्व गर्दै हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट बेइाजिङ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल टोली साँझ पाँच बजे बेइजिङ पुग्दैछ । तर, दुईपक्षीय भेटवार्ता भने मंगलबारमात्रै हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलबार प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले बुधबार पेकिङ युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमणबाट जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो इतिहास भएको नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ । उनी नेतृत्वको टोली चार दिने भ्रमण सकेर २० गते स्वदेश फर्कनेछन् ।
तपाईको बिचार