स्थानीय सरकारले राेजगारी सिर्जना गर्नमा जाेडदिनुपर्छ : उपप्रधानमन्त्री सिंह

स्थानीय सरकारले राेजगारी सिर्जना गर्नमा जाेडदिनुपर्छ : उपप्रधानमन्त्री सिंह

659

तनहुँ : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब राेजगारी सिर्जना गर्नुपर्नेमा जाेड दिनुभएकाे छ । तनहुँकाे भानु नगरपालिकामा नयाँ शहर आयाेजना कार्यालय डुम्रे-भन्सार तनहुँकाे एकीकृत सरकारी भवनकाे उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्ताे बताउनुभएकाे हाे । शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै राेजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले याेजनाहरू बनाउनुपर्न उहाँकाे सुझाव थियाे ।

उहाँले एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्नुभयाे । उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला,वृद्धवृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जाेड दिनुभयाे । तल्लाे तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयाे ।
राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उहाँले राजनीति स्थीरताका लागि अहिले संसदका दुई ठुला पार्टी मिलेर सरकार बनाएकाे बताउनुभयाे । ` राजनीतिक स्थिरता र स्थायित्व भयाे भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाई हामी सबैलाई महसुस भएकाे हुनुपर्छ ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे, `त्यसैले अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेकाे छ । राजनीति स्थिरताकाे जगमा विकास र समृद्धिलाई प्राथमिकताममा राखेर सरकारले काम गरिरहेकाे छ ।´

भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठीले नयाँ शहर आयाेजना कार्यालय डुम्रे-भन्सार तनहुँकाे एकीकृत सरकारी भवनकाे निर्माणले नागरिकलाई सेवा प्रवाहमा सहज भएकाे बताउनुभयाे । उहाँले भानु नगरलाई साँस्कृतिक रूपमा ऐतिहासिक नगरका रूपमा विकास गर्ने लक्ष्यका साथ आफूले काम गरिरहेकाे र त्यसमा शहरी विकास मन्त्रालयकाे साथ पाउने विश्वास पनि व्यक्त गर्नुभयाे ।

तपाईको बिचार