प्रधानमन्त्रीद्वारा सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान

प्रधानमन्त्रीद्वारा सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान

737

काठमाडौँ, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान समेत गरे ।

उनले भने, जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा जोड दिए । ‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरु समेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै कसैको विमति नहोला,’ ‘समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरुबाट महत्वपूर्ण योगदान हुनेछ ।’

तपाईको बिचार

सम्बन्धित खबर