काठमाडौं । तनहुँमा श्रमिक कम्युनिस्ट पार्टी नेपालको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले नारायण लम्साल (नवीन) लाई सचिव रहेको १३ पूर्ण र ४ वैकल्पिक सदस्य सहित १७ सदस्यीय तनहुँ जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएका छन् ।
भेलालाई आइतबार श्रमिक कम्युनिस्ट पार्टी नेपालका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य विनोद थापाले सम्बोधन गरेका थिए । अधिवेशनमा पार्टीका केन्द्रिय कार्यालय सदस्य तथा ४ नं.प्रदेशका इन्चार्ज हरिभक्त कँडेल ) प्रतीक), संयोजक चिन्तामणि पौडेल (प्रवाह), केन्द्रिय सचिवालय सदस्य अशोक लम्साल (अनुकुल) र एकता महाधिवेशन आयोजक समिति सदस्य निश्चलले शुभकामना दिएका थिए ।
तपाईको बिचार