सत्ता गठबन्धन धरापमा, कतिखेर ढल्ने हो पत्तो छैन- अध्यक्ष नेपाल

सत्ता गठबन्धन धरापमा, कतिखेर ढल्ने हो पत्तो छैन- अध्यक्ष नेपाल

999

काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले हालको सत्ता गठबन्धन धरापमा रहेको संकेत गरेका छन्। शुक्रबार काभ्रेको बनेपामा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई दलिय गठबन्धनको सरकार कतिखेर ढल्ने हो थाहा नभएको बताए ।

सरकारले नेपाली जनतालाई डेलिभरि दिन नसकेको भन्दै उनले स्थायित्व पहिला कि सुशासन पहिला भनी प्रश्न गरेका थिए । संख्यात्मक हिसाबले दुईतिहाइको सरकार भए पनि कुनै अर्थ नभएको नेपालको तर्क थियो । उनले भने , सरकार आफै भ्रष्टाचारमा लिप्त रहेको बेला सुशासनको कुरा गर्नु बेकार छ। सरकारको स्थायित्व कायम नभएसम्म सुशासन रहदैन्। यो गठबन्धन कतिखेर ढल्ने हो ,पत्तो नभएको प्रष्ट्याउदै जनतालाई ढाँटने बाहेक अन्य काम केही नभएको नेपालको आरोप छ।

अध्यक्ष नेपालले जनतालाई छल्ने ,ढाट्ने र लुट्ने सरकार आफुहरुले नचाहेको बताउँदै,पाँच वर्ष नै यो सरकार रहे पनि के गर्ने हो ? भनी प्रश्न गरेका छन् ।

हालै मात्र सत्ता छोड्न बाध्य बंगलादेशको सरकारको स्मरण गर्दै नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अंगिकार गरे पनि निरंकुश हुन सक्ने संकेत गरेका थिए । एमाले अध्यक्ष ओली तर्फ इङ्कित गर्दै उनले सत्ता , निरंकुश , ब्यक्तिवादले अझै नछोडेको भन्दै अहंकार बढदै गएको धारणा राखेका थिए ।

तपाईको बिचार