त्यतिकै यसो घुमेर आऊँ भनेर चीन जान लागेको होइन- प्रधानमन्त्री ओली

त्यतिकै यसो घुमेर आऊँ भनेर चीन जान लागेको होइन- प्रधानमन्त्री ओली

845

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने बताएका छन् । जागरणसभालाई सम्बोधन गर्दै ओलीले ‘त्यतिकै यसो घुमेर आऊँ भनेर चीन जान लागेको नभएको बनाएका हुन् ।

आफू प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै भ्रमण अत्यन्तै सफल हुने बताए । उनले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’ भ्रमण देश र जनताको हितमा केन्द्रित हुने उनले स्पष्ट पारे ।
उनले  भने,  देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ ।

तपाईको बिचार