उपचुनावको मतपत्र नमूना सार्वजनिक

उपचुनावको मतपत्र नमूना सार्वजनिक

971

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको वास्तविक मतपत्रको नमूना सार्वजनिक भएको छ । उपनिर्वाचन हुन लागेको पालिका र वडा गरी ४१ वटै स्थानका लागि छुट्टा छुट्टै आवश्यक पर्ने मतपत्रका डिजाइन तयार गरेपछि निर्वाचन आयोगले शुक्रबार नमूना सार्वजनिक गरेको हो ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र तयार गरिएका आयोगका सहसचिव एवम प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् ।

तपाईको बिचार