प्रधानमन्त्री ओलीले भने- अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !

प्रधानमन्त्री ओलीले भने- अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !

747

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काएका छन् ।
शुक्रबारको जागरणसभालाई सम्बोधन गर्दै ओलीले भन्न कै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने बताए ।

उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड ९२१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार रु तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !’ यस्ता फाल्तु कुरा गरेर केही फरक नपर्ने उनले बतााए उनले आरोपका लागि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिए ।

तपाईको बिचार