काठमाडौं । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले उम्मेदवारको चुनाव चिह्न रुख हुने भएको छ । आसन्न स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले माओवादी केन्द्रका उम्मेद्वारलाई हराउन अनौठो चुनावी तालमेल गरेका छन् । जस अनुसार उम्मेद्वार एमालेको र चुनाव चिन्ह नेपाली कांग्रेसको रुख हुने गरी तालमेल गरेका छन् ।
पुथा उत्तरगंगामा कांग्रेस र एमालेले माओवादीको गढ भत्काउने योजनासहित यस्तो तालमेल गरेका हुन् । एमाले उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सघाउने छ । एमाले जिल्ला कमिटी उपसचिव एवम् अनेमसंघ केन्द्रीय सदस्य समेत रहेकी तुलाचनको चुनाव चिन्ह भने कांग्रेसको चुनाव चिह्न रुख रहेको छ । सोही अनुसार आज मनोदयन दर्ता समेत गरीसकेका छन् ।
दुई दलले उक्त गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोका उठाउने निर्णय गरेका छन् । एमाले उम्मेदवारलाई कांग्रेसले साथ दिने छ । गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको एकै सवारी दुर्घटनामा ज्यान गएको थियो ।
तपाईको बिचार