काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा सत्तारुढ नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् उनी एमाले केन्द्रीय सदस्यसमेत हुन्।
यसैगरी एमालेबाट कीर्तिपुर नगरपालिका-१ मा हर्ष महर्जन र वडा न.- ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।
कीर्तिपुरको मेयरमा एमालेबाट मानन्धरसहित नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन, राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन्।
निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ।
तपाईको बिचार