काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित गौशाला पुगेको छ। फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली पुन डोजर लिएर पुगेपछि तनावको अवस्था सृजना भएको हो। पशुपति क्षेत्र गौशालामा काठमाडौँ महानगरपालिकाको प्रहरी बल र स्थानीयबिच तनावको स्थिति सिर्जना भएको हो ।
अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गर्दा सामान्य धकेलाधकेलका स्थिति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सो क्रममा स्थानीयले अदालतले आदेश विपरीत महानगरपालिकाले मनपरी गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए ।
शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको महानगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए।
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगर अगाडि वढेको बताईएको छ ।
पहिले पनि अतिक्रमित जग्गामा भएका संरचना हटाउनु भनेर केही भागमा डोजर लगाएर फर्किएका थियौं, उनले भने, अहिलेसम्म क्लियर नगरेपछि हामी पुनः आएका हौं तर अहिले नै डोजर चलाइसकेका छैनौं। छलफल भइरहेको छ।
तपाईको बिचार