विद्यालय हाँक्दै पहिलो चेपाङ महिला प्रधानाध्यापक लालुमाया

विद्यालय हाँक्दै पहिलो चेपाङ महिला प्रधानाध्यापक लालुमाया

641

भण्डारा ।  अल्पसंख्यक चेपाङ जातिको महिलाबाट शिक्षा सेवामा लागेर आफ्नै गाउँमा रहेको विद्यालयको प्रधानाध्यापकजस्तो पदमा पुग्न सफल हुनुभएको छ लालुमाया प्रजा(चेपाङ) ।

मकवानपुर जिल्लाको साविक काँकडा हाल राक्सिराङ गाउँपालिका  वडा न. ६ सिलिङ्गेमा रहेको श्री राष्ट्रिय मा.वि.मा प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभएको छ ।

लामो समय सोही विद्यालयमा अध्यापन गर्दै आउनुभएका लालुमाया आफूले आफ्नै गाउँको विद्यालयमा आफ्नै गाउँका भाईबिहिनीलाई पढाउन पाउँदा आफूलाई निकै खुसी लाग्ने बताउनुहुन्छ ।

चेपाङ जातिबाट विद्यालयको प्रधानाध्यापकजस्तो गरिमामय पदमा पुग्न सफल उहाँ एक्ली चेपाङ महिला पनि हुनुहुन्छ  ।

चेपाङ बालबालिकाहरु अहिले पनि विद्यालय जानबाट बञ्चित भएको खबर सुन्दा नरमाइलो मान्नुहुने लालुमाया चेपाङ बालबालिकाको शिक्षाका लागि आफूले सक्दो सहयोग गरिरहेको बताउँनुहुन्छ  ।

शिक्षा सेवाका अलावा सामाजिक कार्यमा समेत लागिराख्नुभएका लालुमायाले गाउँ परिवर्तन हुनका लागि शिक्षाको ज्यातिलाई अगाडी बढाउनेपर्ने बिचार राख्नुहुन्छ  ।

आफूलाई यस अवस्थामा पुर्याउनका लागि आफ्ना श्रीमान प्रशान्त चेपाङको महत्वपूर्ण हात रहेको बताउनुहुन्छ लालुमाया  ।

परिवारको साथ र समर्थनबिना कोही पनि मानिस अगाडी बढ्न नसक्ने भएकोले अगाडी बढ्न चाहने व्यक्तिलाई परिवारले हरेक कुरा साथ र समर्थन गुर्नपर्ने मत राख्नुहुन्छ  ।

अहिले विद्यालयमा नैछात्रबास निर्माण गरेर टाढाटाढाबाट आएका विद्यार्थीहरुलाई पढाउने व्यवस्था गरिरहेको र निकट भविष्यमा सोही विद्यालयमा प्लस टु सम्मको अध्यापन गराउने तयारी पनि लालुमायाको रहेको छ ।

चेपाङ बालबालिकालाई सधै अगाडी बढ्न उत्प्रेरित गरिरहनुहुने लालुमायाको उज्जवल भविष्यको कामना सहित शिक्षा सेवामा तल्लिन उहाँलाई सलाम !

तपाईको बिचार

सम्बन्धित खबर