धनकुटा । धनकुटाको धनकुटा नगरपालिकाभित्र आज सार्वजनिक बिदा दिएको छ । अल्पसङ्ख्यक तथा सीमान्तकृत आठपहरिया जातिको वाडाङ्मेट चाडको अवसरमा धनकुटा नगरपालिकाले आज (शुक्रवार) स्थानीय बिदा दिएको हो ।
चाड अवधिभर सुनसरीको बराह क्षेत्रमा गएर नुहाइने र पितृको सम्झना गर्ने पनि चलन रहेको छ । आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडोलगायत पाछा अर्थात पुस्ताको डल्ले नाच नाचिन्छ । खासगरी दुखका पीडालाई सप्तकोसी, कोकाहाखोला बगाउने चाडको रुपमा वाडाङ्मे मनाइने गरीन्छ । कात्तिक पूर्णिमाबाट सुरु भएको यो चाड औंसीसम्म जारी रहन्छ ।
तपाईको बिचार