परराष्ट्र मन्त्री राणा डडेल्धुरा आउँदै, फूलमाला लिएर आउन नेता कार्यकर्तालाई कांग्रेसको उर्दी

परराष्ट्र मन्त्री राणा डडेल्धुरा आउँदै, फूलमाला लिएर आउन नेता कार्यकर्तालाई कांग्रेसको उर्दी

555

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा आज डडेल्धुरा आउने कार्यक्रम तय भएको छ । कांग्रेस डडेल्धुराले केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा. राणाको स्वागतार्थ फूलमाला लिएर आउन नेता कार्यकर्तालाई उर्दी समेत जारी गरेकोे छ ।

जिल्ला सभापति भीमबहादुर साउँदले सूचना जारी गर्दै कार्तिक ३० गते आज को कार्यक्रमको जानकारी गराएका हुन्। सूचनामा भनिएको छ, ‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरू, टोल कार्यसमितिहरू, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरू, क्षेत्रीय प्रतिनिधिहरू, क्रियाशील सदस्यहरू, उद्योगी व्यापारीहरू तथा नेपाली काँग्रेसप्रति आस्थावान् सम्पूर्ण महानुभावहरूलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।’

तपाईको बिचार

सम्बन्धित खबर