काठमाडौं । दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो ।
एकजनाको परिचय नखुलेको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए । शुक्रबार शैल्यशिखरनगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्शनार्थीहरू सवार जिप दुर्घटनामा परेको थियो।
गोकुलेश्वर आउँदै गरेको करिब १२ जना सवार १ ज ३३८ नम्वर जिप जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको बिचार