कर्णालीको विकासका लागि शाहीले बुझाए प्रधानमन्त्री ओलीलाई १० बुँदे ज्ञापनपत्र

कर्णालीको विकासका लागि शाहीले बुझाए प्रधानमन्त्री ओलीलाई १० बुँदे ज्ञापनपत्र

607

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद , प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णालीको विकासका लागि १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

शाहीले संविधान जारी भएको दशक बितिसक्दा पनि कर्णालीले स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारमा आवश्यक सुधार र प्रगति नदेखेको भन्दै राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्रमा जुम्ला लगायत कर्णाली क्षेत्रको कृषि र विशेष गरी स्याउ उत्पादनलाई प्राथमिकतामा राखेर कृषकलाई सशक्त बनाउन र आर्थिक लाभ दिन व्यवस्था गर्न आग्रह गरिएको छ।

ज्ञापनपत्रले कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्री र सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै कर्णालीमा अहिले पनि न्यूनस्तरको जीवनयापन भइरहेको र राज्यले स्थानीय आवश्यकता अनुसार सुधारका कार्यक्रमहरू अघि नबढाएको उल्लेख गरेका छन्।

 

तपाईको बिचार