उपनिर्वाचनलाई परिणाममुखी बनाउन नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

उपनिर्वाचनलाई परिणाममुखी बनाउन नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

709

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घरघर, टोलटोल र व्यक्ति व्यक्तिलाई भेट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कीर्तिपुरमा उम्मेदवार घोषणासभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तह उपनिर्वाचनलाई परिणाममुखी बनाउन निर्देशन दिएका हुन् ।

विगतमा माओवादीबाट केही कमजोरी भएपनि सत्तामा बसेर देश र जनताको पक्षमा राम्रो काम गरेको प्रचण्डले दाबी गर्दै भने, ‘हामी जनताको मुक्तिको लागि नयाँ आन्दोलन सुरु गर्न चाहन्छौँ ।

हामी आफै बदलिन चाहन्छौँ । प्रत्येक जनताको घरघर, टोलटोल र व्यक्ति व्यक्तिलाई भेट्न जरुरी छ । त्यसरीमात्र हामीले चुनावी परिणाम हासिल गर्न सक्छौं ।’ उनले माओवादीले सत्तामा बसेर सकारात्मक काम गरेको छ भन्ने जनताले बुझेको जिकिर गरे ।

तपाईको बिचार