बागमतीमा फुटाइयो मन्त्रालय,भागवण्डा पुर्याउन मदु श्रेष्ठ सहकारीमन्त्री

बागमतीमा फुटाइयो मन्त्रालय,भागवण्डा पुर्याउन मदु श्रेष्ठ सहकारीमन्त्री

711

काठमाडौं । सय दिनभन्दा बढी विनाविभागीय मन्त्रीको रूपमा रहेका मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन बागमती प्रदेशमा मन्त्रालय फुटाइएको छ ।

मंगलबार हेटौंडामा बसेको मन्त्रिपरिषद बैठकले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय स्थापनाको निर्णय गरेको बागमती प्रदेश सरकारले जनाएको छ ।

गत साउन ९ गते मुख्यमन्त्री बहादुरसिंह लामासहित पहिलो चरणमै शपथ लिएर १०० दिन नाघिसक्दा पनि मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिन नसक्दा दबाबमा परेका मुख्यमन्त्री लामाले मंगलबार क्याविनेटबाट मन्त्रालय फुटाएरै भएपनि श्रेष्ठलाई विभागीय जिम्मेवारी दिएका हुन् ।

सरकार गठनको समयमा मुख्यमन्त्रीसहित १३ मन्त्रालय बनाउने सहमति थियो । जसमा कांग्रेस ७ र एमालेको ६ वटा मन्त्रालय हुने भनिएको थियो, तर कांग्रेसले ७ मन्त्रालय भने मुख्यमन्त्रीबाहेक हो भन्ने बखेडा झिकेपछि १३ वटा मन्त्रालयमात्र रहेको बागमतीमा मुख्यमन्त्रीसहित १४ मन्त्रीले शपथ लिएका थिए ।

मन्त्रालयको सङ्ख्या बढाउने विषयमा सत्तारुढ दल एमालेले असहमति राख्दै आएपनि अन्तिममा सरकारमा समस्या आउने स्थिति भएपछि एमाले पनि सहमतिमा आएको हो ।

तपाईको बिचार