काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ ।
निर्वाचन आयोगले देशभरका अन्तिम मतदाता स्वीकृति गर्दा मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तह र वडाको मतदाता सङ्ख्या, मतदान स्थल र मतदान केन्द्रको विवरण पनि सार्वजनिक गरेको छ । ती मतदाताका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
आयोगका अनुसार उपनिर्वाचन हुने स्थानीय तहमा महिला मतदाता १ लाख ११ हजार ८९६, पुरुष मतदाता १ लाख १४ हजार ९०० र अन्य मतदाता ३ गरी कूल मतदाता २ लाख २६ हजार ७९९ मतदाता कायम भएका छन् । २ जिल्ला समन्वय समिति सहित स्थानीय तहका ४२ पदमा उपनिर्वाचन हुँदैछ ।
कहाँ कति मतदाता र मतदान स्थल हेर्नुहोस्ः
तपाईको बिचार