एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन, आज बन्द सत्र

एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन, आज बन्द सत्र

619

काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी )  कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार प्रदेश राजधानी वीरेन्द्रनरग सुर्खेतमा सो सम्मेलनको उद्‌घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली गणतन्त्र विरोधीभएको टिप्पणी गरेका थिए । एमालेमा हुँदा गणतन्त्रको बारेमा केन्द्रीय समिति बैठकमा निर्णय गर्दा ओली, विष्णु पौडेललगायतका ठुला नेताहरू गणतन्त्रको विरुद्धमा उभिएको अध्यक्ष नेपालको भनाई थियो ।

‘त्यो बेला निकै विवाद भयो । विवाद गर्नेले गणतन्त्र नेपालमा सम्भव छैन भने, ती साना नेता हैनन् ठुला नेता हुन् केपी ओली, विष्णु पौडेल लगायत हुन्।’ उनीहरुले फरक मत राखेको र ओलीले बयलगाढा चढे अमेरिका पुग्न सकिन्छ ? भन्दै भाषण दिने गरेको नेपालको भनाइ थियो । साथै आन्दोलन गरेर राजा फाल्न नसकिने भन्दै गणतन्त्रको विरोध गरेर ओली हिँडेको तर आफूहरूले त्यसको अगुवाइ गरेर देशमा गणतन्त्र आएको नेपालले बताए ।

‘गिरिजाले पनि मलाई माधव बाबु अब यो गणतन्त्रमा नजौँ भनेका थिए तर मैले हुँदैन अब आन्दोलन अघि बढिसक्यो सबै लागौँ भनेर अघि बढियो,’नेपालले अगाडि भने ‘त्यसैको जगमा आज गणतन्त्र आयो।’

पार्टी केन्द्रीय सदस्य तथा कर्णाली प्रचार विभाग प्रमुख वसन्तकुमार विश्वकर्माका अनुसार कर्णाली प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने प्रयास रहेको छ। सोही अनुरूप आज बन्द सत्रको कार्यक्रम तय गरिएको छ । 

उद्‌घाटन समारोह पार्टी पोलिटब्युरो सदस्य एवं प्रदेश अध्यक्ष अम्मर बहादुर थापाको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, केन्द्रीय सचिव  चन्द्र बहादुर शाही, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलका साथै नेकपा (माओवादी केन्द्र) प्रदेश अध्यक्ष विमला केसी, नेकपा केन्द्रीय सदस्य कर्णजित बुढा, राजमो प्रदेश अध्यक्ष पूर्ण बहादुर शाही लगायत वक्ताहरूले द्वारा मन्तव्य सहित अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

आज हुने  बन्द सत्रमा राजनितिक , साङ्गठानिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्व चयन गरिने पार्टीका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज ज्वालाले बताए ।

तपाईको बिचार