घट्यो सुन-चाँदीको भाउ

घट्यो सुन-चाँदीको भाउ

651

काठमाडौं । नेपाली बजारमा आइतबार सुन-चाँदीको भाउ घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको बिचार

सम्बन्धित खबर