सप्तरी, २३ असार । चट्याङ लागेर सप्तरीमा एक किसानकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चट्याङ लागेर विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका ७० वर्षीय रामप्रसाद रामको मृत्यु भएकाे हाे ।
घर नजिकैको खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएकाे हो । घाइते रामको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएकाे अस्पतालले जनाएको छ ।
तपाईको बिचार