सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

655

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको सर्वसम्मतिले अनुमोदन भएको छ । आजको संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिए ।

प्रस्तावित न्यायाधीशद्वयले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गरेका थिए । समितिमा प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरीसमेत परेको थियो । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको बिचार