काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा होमिएको छ । पार्टीले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ ।
केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा हिजो बसेको बैठकले उपनिर्वाचनका सम्वन्धमा विभिन्न निर्णयहरु लिएको हो ।
रास्वपाले कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीलाई कमान्डरको जिम्मेवारी दिएको छ । त्यस्तै मधेसमा डा.चन्दा कार्की, बाग्मतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
पार्टीले प्राइमरी चुनावका माध्यमबाट उम्मेदवारहरु तय गर्ने छ । निर्वाचन हुने सम्वन्धित स्थानीय तह वा वडाका पार्टी सदस्यले प्राइमरी इलेक्सनमा भाग लिन सक्छन् । जसका लागि केन्द्रीय निर्वाचन संयोजन समितिले प्राइमरी निर्वाचनको कार्यतालिका तय गरेको छ ।
रास्वपाले आउँदो २२ कात्तिक देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।
कार्यतालीका-
प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन, २०८१ कात्तिक २५ गते, साँझ ८-०० बजेसम्म
प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध, २०८१ कात्तिक २६ गते, साँझ ५-०० बजे सम्म
उम्मेदवारसँग छलफल, २०८१ कात्तिक २७ गते, साँझ ५-०० बजे सम्म
उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २०८१ कात्तिक २७ गते
मतदान निर्णय, २०८१ कात्तिक २८ गते, साँझ ७-०० बजे सम्म
नतिजा प्रकाशन, २०८१ कात्तिक २९ गते, दिउँसो १-०० बजे
उम्मेदवारीका लागि आवेदन दिन चाहेनले अनलाइन फाराम वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फराम भर्न सक्नेछन् ।
उम्मेदवारी आवेदन दिने लिंक-
https://docs.google.com/forms/d/1nww_YmgB-9-65EcZtvxSkf2Tt8F2SSyUJgr3FrZpV00/edit?ts=672c575d
तपाईको बिचार