काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५ रुपैयाँ रहेको चाँदी यस दिन एक हजार ९ सय ६० मा तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ ।
तपाईको बिचार