न्युयोर्क । अमेरिकाको न्यूयोर्क शहर स्थित ज्याक्सन हाइटमा गत हप्ता नेपाली संस्कृति र नेपाली समुदायको प्रवर्दनका लागी भन्दै पहिलो पटक ‘नेपाली साँगितिक महोत्सव’ सम्पन्न भएको छ।
इतना कार्की सहितको समुहको अग्रसरता तथा स्थानीय समुदाय तथा व्यवसायी अगुवाहरुको संयुक्त आयोजनामा भएको महोत्सवमा फिरोज स्याङ्देन, हरि कर्माचार्य, दीपेश किशोर भट्टराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, विमल डाँगी, निशा सुनार लगायत झण्डै दुई दर्जन नेपाली गायक तथा नर्तकहरुको सांगीतिक प्रस्तुति रहेको थियो।