लामिछानेलाई म्याद थपका लागि अदालत पेस गर्न लाग्दा रास्वपाले आज पोखरामा प्रदर्शन गर्दै  

लामिछानेलाई म्याद थपका लागि अदालत पेस गर्न लाग्दा रास्वपाले आज पोखरामा प्रदर्शन गर्दै  

597

काठमाडौं सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा विरोध प्रदर्शन गर्दैछ ।

लामिछानेलाई आज म्याद थपका निम्ति कास्की जिल्ला अदालत पेस गर्ने तयारी हुँदै गर्दा रास्वपाले भने आज पोखरा लक्षित प्रदर्शन गर्ने तयारी गरेको हो । त्यसका निम्ति रास्वपा नेताहरू राजधानीसहित विभिन्न स्थानबाट पोखरा केन्द्रित भइरहेका छन् । रास्वपाले बिहान १०ः३० बजे घण्टाघर जिरो किलोमा भेला हुन आह्वान गरेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछानेको बयान भने पुरा भएको छ । लामिछानेसँग अनुसन्धान अधिकृतहरूले ९ दिनसम्म बयान लिएका थिए । बयानमा लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।

लामिछानेसँगै सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।

तपाईको बिचार