रवि र छविलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै

रवि र छविलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै

689

काठमाण्डौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्गृहमन्त्री रवि लामिछानेसहित ४ जनालाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।

सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा प्रदर्शन गर्ने बताएको छ ।

यसै बीच सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले अब सुप्रिमका लागि रवि लामिछानेलाई बुटवल ल्याउने तयारी भएको छ । सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवल ल्याउने तयारी गरिएपनि प्रहरीले कसरी ल्याउने भन्ने विषयमा अझै निचोडमा पुगेको छैन ।

कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई दुई पटक म्याद थप गरिसकेको छ । तर कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् । पोखरामा सहकारी ठगी सम्बन्धमा अनुसन्धान सकिएकोले मङ्गलवार अदालत पेश गरेर ल्याउने तयारीमा प्रहरी छ तर रुपन्देहीमा छठमा भिडभाड हुने भएकाले पोखरामै म्याद थप भए २२ गते पछि पनि ल्याउन सकिने गरी रुपन्देही प्रहरीको तयारी छ ।

तपाईको बिचार