गाईबाच्छाको संरक्षण र आहारा जुटाउन देउसीभैलो

गाईबाच्छाको संरक्षण र आहारा जुटाउन देउसीभैलो

889

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारका स्थानीयहरुले गाईबाच्छा संरक्षण लागि देउसीभैलो खेलेका छन् । दिपावलीको अवसर पारेर खेलिएको देउसीभैलोबाट २ लाख ४४ हजार ३ सय १६ रुपैयाँ संकलन भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एकसय रोपनी क्षेत्रफलमा सडकमा छाडिएका गाईबाच्छाको संरक्षण गरिएको छ । २सयको स्ख्यामा संरक्षण गरिएको गाईबाच्छाकालागी आहारा जुटाउन देउसीभैलो खेलिएको थियो ।

देउसीभैलोबाट नगद बाहेक पिठो २० बोरा, दाना ५ बोरा प्राप्त गरेको गाईबाच्छा संरक्षण अभियन्ता भगवान् पुडासैनीले जानकारी दिए । देउसीभैलोमा ३ जनाले आजीवन सदस्यता लिएका छन् । आजीवन सदस्यताबाट २ लाख ५९ हजार ३ सय १६ जम्मा भएको छ ।

अभियानमा आबद्धले काठमाडौँ उपत्यकाका सडकमा छाडिएका गाईबाच्छाको उद्धार गरी पुनःस्थापना गर्दै आएका छन् । अभियानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पशु एम्बुलेन्ससमेत उपलब्ध गराएको छ । गाईबाच्छा संरक्षण अभियान एक स्वयंसेवी अभियान हो ।  

तपाईको बिचार