प्रधानमन्त्रीको प्रतिबद्धता- प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने

प्रधानमन्त्रीको प्रतिबद्धता- प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने

841

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले आजदेखि ब्याङ्कक–भैरहवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्रीले उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भएको छ । थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्नेछ ।

तपाईको बिचार