काठमाडौं । तिहारको अन्तिम दिन आइतबार भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
‘भाइटीकाको दिन कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थान तथा तराईका केही भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ’, मौसमविद् सञ्जिव अधिकारीले भने, ‘काठमाडौं उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ।’ तर वर्षा क्षणिक हुने, निरन्तर पानी नपर्ने उनले जानकारी दिए। हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ।
तपाईको बिचार