काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्षसमेत रहेका शिक्षाविद चैतन्य शर्माको निधन भएको छ । शर्माको ७३ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार ओम अस्पतालमा मृत्यु भएको हो ।
शर्माले मदनभण्डारी मेमोरियल कलेजको क्याम्पस प्रमुखका साथै उच्च माध्यमिक विद्यालय शिक्षा परिषदको उपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिवको जिम्मेवारी पूरा गरेका थिए ।
तपाईको बिचार