सुनको मूल्य अहिले सम्मकै उच्च

सुनको मूल्य अहिले सम्मकै उच्च

757

काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

बुधबार प्रतितोला २ हजार २ सयले वृद्दि भई एक लाख ७० हजार ७ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला ३ सयले वृद्धि भएको हो ।

यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बुधबार प्रतितोला २ हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि २ हजार ९० निर्धारण भएको छ ।

तपाईको बिचार