मुलुकको उपलब्धीलाई बाधा पुग्ने गरि संविधान संशोधन हुँदैन- ईश्वर पोखरेल

मुलुकको उपलब्धीलाई बाधा पुग्ने गरि संविधान संशोधन हुँदैन- ईश्वर पोखरेल

679

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको उपलब्धीलाई बाधा पुग्ने गरि संविधान संशोधन नहुने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले र नेपाली कांग्रेसबीच संविधान संशोधनका विषयवस्तु र प्रक्रियाबारे छलफल भइरहेको भन्दै सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संसोधन नगरिने स्पष्ट पारेका छन् ।

उनले संविधान सहमतिको दस्तावेज भएकाले यसलाई सबैको सहमतिमा संसोधन गरिने जानकारी बताए । उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सबैलाई कारवाही गर्नुपर्ने जिकिर गर्दै कसैप्रति पूर्वाग्रह नराखिएको बताए । सहकारी ठगी प्रकरणमा नयाँ पार्टीको व्यवहार लोकतन्त्र अनुकुल नदेखिएको उनको भनाइ छ ।

पोखरेलले मीनबहादुर गुरुङले दिएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अदालती प्रक्रियामा गइसकेकोले अदालतको निर्णयलाई हेरेर अघि बढ्ने जानकारी दिए ।

 

तपाईको बिचार

सम्बन्धित खबर