फेक न्युजबाट नेपाली समाजलाई जोगाऔं- उपप्रधानमन्त्री सिंह

फेक न्युजबाट नेपाली समाजलाई जोगाऔं- उपप्रधानमन्त्री सिंह

699

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट जोगाउन आग्रह गरेका छन् ।

नेपाल टेलिभिजन कर्मचारी सङ्घको आयोजनामा दीपावली,नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले फेक न्युजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन् ।

‘आफ्नो पेसाबाट तपाईंहरुले नेपालका समाजलाई फेक न्युजबाट होइन की सत्य समाचारबाट सूचित गर्नुस् । फेक न्युजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्’, उनले भने ।

उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने तर त्यो सँगै जिम्मेवारी पनि बिर्सन नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

तपाईको बिचार