भूमि समस्या समाधान आयोगको अध्यक्षमा हरिप्रसाद रिजाल

भूमि समस्या समाधान आयोगको अध्यक्षमा हरिप्रसाद रिजाल

883

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको सञ्चार प्रविधि तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आयोगको उपाध्यक्षमा सनतकुमार कार्की, विज्ञ सदस्यमा जगत बस्नेत, टेकबहादुर शाह, गोवर्द्धन कोली, गुरजबहादुर खड्का, अनिलकृष्ण प्रसाई, आरती भण्डारी रहेका छन् । भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष एवम सदस्यको पदावधि ३ वर्ष रहनेछ ।

तपाईको बिचार