बालबालिकासम्बन्धी ऐन संशोधनको माग

बालबालिकासम्बन्धी ऐन संशोधनको माग

705

काठमाडौँ । ‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधन गर्न सरोकारवालाले माग गरेका छन् । राष्ट्रिय बाल अधिकार परिषद्ले ‘बाल विवाह अन्त्य तथा समावेशी शिक्षा’ विषयमा आयोजना गरेको कार्यक्रममा बाल अधिकारकर्मी तथा सरोकारवालाले बालबालिकासम्बन्धी संवैधानिक व्यवस्था, नियमावली, २०७८ र सम्बन्धित ऐन, कानुन संशोधनको माग गरेका हुन् ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले बालबालिकासम्बन्धी संवैधानिक अधिकार कार्यान्वयन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

तपाईको बिचार