ठूला पार्टी भ्रष्ट भए आगामी उपचुनावमा पराजित गर्नुपर्छ- राजेन्द्र लिङ्देन

ठूला पार्टी भ्रष्ट भए आगामी उपचुनावमा पराजित गर्नुपर्छ- राजेन्द्र लिङ्देन

771

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला पार्टी भ्रष्ट भएकोले आगामी उपचुनावमा पराजित गर्नुर्ने बताएका छन् ।

पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका हुन् । तीनवटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरुले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरुलाई पराजित गर्नुपर्ने उनको जिकिर छ ।

भने, ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भोट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैं सहभागी हुने ? ’

तपाईको बिचार