काठमाडौं । पार्टी सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा प्रदर्शन गर्दैछ । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटार केन्द्रित विरोध प्रदर्शन गर्ने भएको हो । रास्वपाले आज बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने तयारी गरेको छ ।
१२ बजेदेखि साढे २ बजेसम्म हुने विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ ।
कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने प्रवक्ता मनिष झाले बताए । झाका अनुसार विरोध प्रदर्शनको कमान्डर पुकार वमलाई तोकिएको छ ।
तपाईको बिचार