यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम

731

काठमाण्डौं । देशभर पश्चिमी वायुको साथै पहाडी भू(भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान देशका पहाडी भूभागमा आंशिक आंशिक बदली रही बाँकी भू(भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

त्यस्तै कोशी प्रदेश लगायत देशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

मंगलबार राति कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

शी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा राति पनि मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

तपाईको बिचार