अहिले दल विभाजनजसम्बन्धी अध्यादेश किन चाहियो ? शेखर कोइराला

अहिले दल विभाजनजसम्बन्धी अध्यादेश किन चाहियो ? शेखर कोइराला

671

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति केही असहमति जनाएका छन् ।

नेपाली कांग्रेस कामपा–३२ ले शनिबार आयोजान गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक सुधारको लागि एमालेसँग मिलेको भएपनि अहिलेसम्म त्यस्तो अनुभुति गर्न नपाएको बताए ।

नेता कोइरालाले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने प्रयास भइरहेको बताउँदै प्रश्न गरे, ‘अहिले किन चाहियो ? राम्ररी काम गरेर अघि बढ्नु नि । भर्खर सय दिन भएको छ । दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर के गर्नु खोज्नुभएको छ ? किन चाहियो ?’

कांग्रेसको तर्फबाट सरकारमा भएकाहरुले सहकार्य गरेपनि बाहिर रहेकाले प्रतिस्पर्धा गर्न नछाड्ने भन्दै उनले तीन असहमति व्यक्ति गरे । यद्यपि, उनले दुई दलबीच भएको सहमति कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा कांग्रेस प्रष्ट रहेको बतए ।

नेता कोइरालाले अहिले कुलमान घिसिङको इस्युमा सरकार अघि बढेको बताउँदै भने, ‘अहिले ऋण लिएर देश चलिरहेको छ । सरकार भन्छ तिमी अहिले बक्यौंता नलेउ भन्छ, बक्यौँता लिएन भने देश चल्छ कसरी ? लिने हो कि होइन ।’

साथै, उपसभामुख इन्दिरा राना उपसभामुख बारेमा पनि उनले असमति जनाए । ‘उहाँको कमीकमजोरी छैन भन्दिनँ, छ । तर, यस्तो कमीकमजोरी पनि होइन, कि उहाँले पदबाटै हटाइदिनुपर्छ भन्ने पनि होइन’ उनले भने, ‘के कारणले पदबाट हटाउनुपर्यो ? नेपाली कांग्रेसको उपसभामुख छैन भनेर हटाइदिने ?’

 

तपाईको बिचार

सम्बन्धित खबर